
हेल्पिंग वुमेन कम्युनिटि नेपालले कोरोना संक्रमणले मुलुक आक्रान्त भइरहेको बेला स्वास्थकर्मीहरुका लागी सुरक्षा उपकरणहरु,पिपिइ र एन ९५ मास्क सहयोग गरेको छ।
महिलाहरुको सक्रियतामा खोलिएको संस्थाले नेपाल चिकित्सक संघलाई उक्त सामाग्रीहरु हस्तान्तरण गरेको हो।संस्थाका सदस्यहरुका अनुसार,संस्थाले संघलाई दुई हजार थान एन ९५ मास्क र २४० थान पिपिई प्रदान गरेको हो।प्राप्त गरिएका सामग्रीहरु संक्रमणबाट धेरै प्रभावित क्षेत्रहरुमा पठाउने जानकारी आएको छ।
दोस्रो चरणमा भने संस्थाले अस्पतालहरुमा कार्यरत नर्सहरुलाई यातायात र खानाको प्रबन्ध गराउने तयारी गरिरहेको छ। मुलुक विपतमा परेका बेला सबैको तर्फबाट सकिने सहयोगले ठूलो उपलब्धि हुन्छ।