
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (शुक्रबार) बिहानैदेखि मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । आज बिहानैदेखि काठमाडौं उपत्यका लगायत अन्य केही जिल्लामा मौसम परिवर्तन भइ हल्का बदली र केही स्थानमा वर्षा भएको छ । साथै, दिउँसो पनि देशका पहाडी भु–भागमा आंशिकदेखि सामान्य बदली रहने छ र बाँकी भु–भागहरूमा आंशिक बदली रहने छ । देशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको बताइएको छ ।

त्यस्तै, राति पनि देशका प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली र बाँकी भू–भागहरुमा आंशिक बदली रहेने छ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बिज्ञापन



