
काठमाडौं । संघीय सांसदहरु र संसद सचिवालयका कर्मचारीहरुलाई कोरोनाविरुद्धको खोपको दोस्रो डोज लगाउन सुरु गरिएको छ । सिभिल हस्पिटलमा १९,२० र २१ पहिलाो डोज कोभिशिल्ड खोप लगाएकाहरुलाई शुक्रबारबाट दोस्रो डोज लगाउन सुरु गरिएको हो ।

सभामुख अग्नि सापकोटाले संसद भवन नयाँ बानेश्वरमा दोस्रो डोज लगाएर शुभारम्भ गरे । सांसद तथा कर्मचारीहरु लाइन लागेर खोप लगाउने पर्खाइमा छन् ।
बिज्ञापन



