कोरोनाको कारण इन्द्रावती ४ नवलपुर माध्यमिक विध्यालयका ३४ बर्षीय शिक्षकको निधन

नवलपुर । सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका ४ नवलपुर माध्यमिक विध्यालयका ३४ बर्षीय शिक्षकको कोरोनाको कारण मृत्यु भएको छ ।

कञ्चनपुर घर भई हाल नवलपुर माध्यमिक विध्यालयमा गणित विषयमा बढाउँदै आएका थिए । रुघाखोकी र ज्वोरो आए पछि सिन्धुपाल्चोकमा निषेधाज्ञा हुनु अघि नै धुलिखेल अस्पताल गएका उनको कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनको उपचारको क्रममा अस्पताल नै मृत्यु भएको नवलपुर माध्यमिक विध्यालयका व्यवस्थापन समितिका अध्यक्ष फुर्पा तामाङले जानकारी दिए ।