
तीन दिने नेपाल भ्रमणमा आएका भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेले नेपाललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
भारतीय सेनाध्यक्ष नरवणेले प्रधानसेनापति पूर्णचन्द्र थापालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् ।
उनले नेपाली सेनाका दुई फिल्ड अस्पताललाई एक्स–रे मेसिन, आइसीयु भेन्टिलेटर, भिडियो इण्डोस्कोपी युनिट, एनेस्थेसीया मेसिन, एम्बुलेन्स लगायतका स्वास्थ्य सामाग्री प्रदान गरेका छन् ।