कोरोनाको दोस्रो लहरसँगै सिन्धुपाल्चोकमा कोरोना संक्रमित ७२० पुग्यो

चौतारा । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड१९) अहिले नेपालमा दोस्रो लहरको रुपमा फैलिएको छ ।

त्यस्तै अहिले नेपालको ७७ वटै जिल्ला यसको प्रभाव परेको छ । जसमा सबैभन्दा धेरै काठमाडौं उपत्यकामा बढी प्रभावित रहेको छ । देशका ७७ जिल्लामा मध्य धेरै जिल्ला अहिले निषेधाज्ञा जारी छ । भने थोरै मात्रै केही जिल्लामा पुर्ण रुपमा निषेधाज्ञा हुने क्रममा रहेको छ ।

यस्तै राजधानी सँग सिमाना जोडिएको सिन्धुपाल्चोक जिल्लामा कोरोनाको दोश्रो लहर सुरु भएपछि अहिलसम्म संक्रमित हुनेको सङ्रख्या ७ सय २० पुगेको छ । जस्मा ८७ जनाले कोरोना विरुद्धको लडाई जितेर घर फर्किएका छन् भने १० जनाको मृत्यु भएको छ ।

यस्तै मृत्यु हुनेमा चौतारा सांगाचोकगढी नगरपालिकाभित्र ५ जना, इन्द्रावती गाउँपालिकामा ३ जना र मेलम्ची र बलेफी गाउँपालिका भित्रका १/१ जना गरि कूल १९ जनाको मृत्यु भएको छ ।

त्यस्तै सिन्धुपाल्चोक स्वास्थ विभागका अनुसार जिल्लामा आइसोलेसनमा बसेकाको संख्या ३३ छ । अन्य होम आइसोलेसनमा बसेका छन् ।