बराहक्षेत्रमा जंगली हात्तीको आक्रमणमा परी एक बालक सहित दुईजना घाइते

सुनसरी । बराहक्षेत्रमा जंगली हात्तीको आक्रमणमा परी एक बालक सहित दुई जना घाइते भएका छन् ।

 

बिज्ञापन

बराहक्षेत्र–६ श्रीलङ्का टप्पुमा हात्तीको आक्रमणमा परी सञ्चमाया श्रेष्ठ र उनका ५ वर्षीय छोरा घाइते भएको जनाइएको छ । उनीहरुको धरानस्थित बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

 

हात्तीले रुद्रबहादुर श्रेष्ठ , दिनेश श्रेष्ठ, प्रमोद झा, उदय चन्द्रवंशी, रुद्रबहादुर श्रेष्ठ लगायतको घर भत्काएको छ । हात्तीले घरमा भएका धान, मकै, लगायतका अन्न समेत खाइदिनुका साथै बाली समेत नष्ट गरिदिएको पीडितले बताएका छन् ।