घट्यो आज सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ : नेपाली बजारमा बुधबार सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक सय रुपैयाँले घटेको छ ।

महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९३ हजार ३०० रुपैयाँ कायम भएको छ भने तेजाबी सुन प्रतितोला ९२ हजार ८०० रुपैयाँ कायम भएको छ ।

त्यस्तै चाँदीको मूल्य पनि मंगलबारको तुलनामा प्रतितोला २० रुपैयाँले घटेटको छ । चाँदी आज तोलाको एक हजार ३७० रुपैयाँमा कारोबार भइरहेको छ ।