
ताप्लेजुङ। सिरीजङ्घा गाउँपालिका–७ खेवाङमाको तेम्फुमा पहिरोले घर बगाउँदा सासू र बुहारीको मृत्यु भएको छ।

पहिरोले बगाएर बेपत्ता भएका उनीहरू मृत अवस्थामा फेला पारिएको वडाध्यक्ष बद्ध दाहालले जानकारी दिए। सासू तुलसा अधिकारी र बुहारी यशोदा अधिकारीलाई उनीहरूको घर रहेको स्थानभन्दा केही तल मृत अवस्थामा फेला पारिएको हो।
बिज्ञापन



एउटै घरमा ३ जना बस्ने गरेकोमा छोरा विष्णु अधिकारी भने भागेर बाँच सफल भएको थिए । भाग्ने क्रममा उनी सख्त घाइते छन्। दाहालका अनुसार पहिरोले वडामा मात्र ३० घरपरिवार विस्थापित बनाएको छ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख कैलाश राईले घटनाबारे अनुसन्धान गरिरहेको बताए।