
काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक आज फेरि बस्दैछ । शनिबार मुख्य विषयमा प्रवेश नै नगरी स्थगित भएको बैठक आज बस्न लागेको हो । बैठक आज बिहान ८ बजे प्रधानमन्त्री कार्यालय बालुवाटारमा बस्दैछ ।

आम निर्वाचनमा सिट बाँडफाँटका लागि शनिवार बालुवाटारमा बसेको बैठकमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव अनुपस्थित भएपछि बैठकमा सिट बाँडफाँटको विषयले प्रवेश नपाई स्थगित भएको थियो ।
बिज्ञापन



आजको बैठकमा कार्यदल बैठकले मौखिक रूपमा जानकारी दिएको कुरामा छलफल आरम्भ हुने एक नेताले बताए ।यसअघि कार्यदल बैठकमा छलफल गरी केही सिटमा सहमति जुटेको प्रतिवेदन शीर्ष नेतृत्वलाई बुझाएको नेताहरूले बताएका थिए । तर ती नेताले भने कुनै लिखित प्रतिवेदन नै नआएको बताए ।
