रौतहटमा ज्येष्ठ १३ गते सम्मको लागि तेस्रो पटक निषेधाज्ञा थप

रौतहटमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि आजदेखि लागु हुने गरि तेस्रो पटक एक साताको लागि निषेधाज्ञा थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले ज्येष्ठ १३ गते सम्मको लागि तेस्रो पटक निषेधाज्ञा थप गरेको हो ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले कोरोना सङ्क्रमितको दर बढ्दो क्रममा रहेकाले निषेधाज्ञा जारी गरिएको बताए ।

बिज्ञापन

रौतहटमा कोरोनाको सङ्क्रमणबाट हालसम्म ६४ जनाको मृत्यु भैसकेको छ । पछिल्लो समय रौतहटमा ८ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।