
काठमाडौं । प्रतिनिधि सभाका सांसदहरुले इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीलाई कारबाही गर्न सरकारसँग माग गरेका छन् ।

बिज्ञापन



प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै सांसदहरु सितादेवी यादव, विन्दा पाण्डे र लक्ष्मी परियारले महिलामाथि अपमानजन्य शब्द बोलेका मेयर चौधरीमाथि तत्काल कारबाही गर्न सरकारसँग माग गरेका हुन् ।

नेपाली कांग्रेसका कोषाध्यक्षसमेत रहेकी यादवले मेयर चौधरीले महिलामाथि अपमान हुने गरी घृणित अभिव्यक्ति दिँदा पनि सरकारले कारबाही नगरेकोमा आपत्ति जनाइन् ।
यसअघि प्रतिनिधिसभाको बैठकको सुरुमै विशेष समय लिएर बोल्दै नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले मेयर चौधरीले महिलामाथि अपमान हुने गरी अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका थिए ।