यिनीहरुले संघीय गणतन्त्रलाई गाईजात्रामा परिणत गरे : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री बन्नका लागि दुवै पक्षले गरेको दावीमा विश्वासको मत प्राप्त गर्ने आधार नरहेको बताएका छन् ।

उनले ट्वीट गर्दै भनेका छन्, ‘राष्ट्रपति महोदय, दुवै दाबीमा संविधानको धारा ७६ (५) अनुसार विश्वासको मत प्राप्त गर्ने आधार छैन ।’

बिज्ञापन

उनले दुवै पक्षको दावी जाली/कीर्ते रहेको पनि जिकिर गरेका छन् । ‘दुवै खारेज गरी संविधान बमोजिम चुनाव घोषणा होस्, यिनीहरुले संघीय गणतन्त्रलाई गाई जात्रामा परिणत गरे । लोकतन्त्रको नाममा ब्रह्मलुट गरे ।’

अब जनतालाई विकल्प खोज्ने अवसर दिनुपर्ने उनको भनाइ छ ।