आजको मौसम : कुन ठाउँमा छ बढी प्रभाव ?

काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (आइतबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि देशका केही स्थानमा सुधार आएको छ भने उच्च पहाडी जिल्लाहरुमा वर्षा र हिमपात कायम नै रहेको छ ।

त्यस्तै, दिउँसो पनि प्रदेश १, बागमती तथा गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली र बाकी भू–भागमा आंशिक बदली रहने छ । प्रदेश १ का पहाडी भू–भागका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुइ स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

बिज्ञापन

साथै, राति पनि प्रदेश १, बागमती तथा गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य  बदली र बाकी भू–भागमा आंशिक बदली रहने छ । प्रदेश १ का पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।