सिभिल बैंकको ऋणपत्र आजदेखी खुल्यो, व्याज कति छ?

सिभिल बैंक लिमिटेडले आज (मंसिर २४ गते, शुक्रबार) बाट ऋणपत्र निष्कासन तथा बिक्री खुल्ला गरेको छ । बैंकले १० वर्ष अवधिको १०.२५ प्रतिशत व्याजदर भएको ‘सिभिल बैंक डिबेञ्चर २०८८’ नाममा ऋणपत्र निष्कासन गरेको हो ।

बैंकले प्रतिकित्ता १००० रूपैयाँ अंकित दरमा ३ अर्ब रूपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो । निष्कासन गरिएको कुल ३० लाख कित्ता ऋणपत्रमध्ये बैंकले सर्वसाधारणका लागि १२ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई १८ लाख कित्ता बिक्री गर्नेछ । सर्वसाधारणको लागि छुट्याईएकोमध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ । कति दिने आवेदन ? लगानीकर्ताले यस ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पुर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कहिलेसम्म दिने आवेदन ?

उक्त ऋणपत्रमा छिटोमा मंसिर २८ गते र ढिलोमा पौष ९ गतेसम्मसम्म आवेदन दिन सकिनेछ ।

को हो बिक्री प्रबन्धक ?

बैंकको उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले गरेको छ ।

कहाँबाट दिने आवेदन ?

लगानीकर्ताहरूले लक्ष्मी क्यापिटल मार्केट लिमिटेड, सिभिल बैंक लिमिटेड तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरू तथा मेरो सेयर मार्फत अनलाईनबाट समेत आवेदन दिन सक्नेछन् ।

बैंकले प्रकाशन गरेको सूचना यस प्रकारको छ :

61b2e0e4dc3ee.jpg