
केही दिनअघि कारभित्र मृत भेटिएका बालकहरूका परिवारलाइ क्षतिपूर्ति दिनेमा सहमति भएकाे छ । बैशाख ३१ गते बेलुका १३ दिनपछि तीन बालकको शव परिवार बुझेका थिए । त्यस क्रममा वार्तामा मृतक तीन बालकका अभिभावकलाई तत्काल किरिया खर्चवापत जनही २५ हजारका दरले उपलब्ध गराइएको थियो । त्यो बाहेक तुलसीपुर नगर कार्यपालिकाबाट कार्यविधि पास गरी थप एक लाख उपलब्ध गराउने सहमति भएको छ ।
त्यस्तै प्रत्येक पीडित परिवारका एक जना सदस्यलाई क्रमशः रोजगारीको व्यवस्था गर्ने, पीडित परिवारका अन्य बालबालिकामध्ये एक-एक जनालाई प्लस टुसम्म निःशुल्क पढाउने जिम्मा स्थानीय सरकारले लिने सहमति पनि भएको छ ।
त्यस्तै राष्ट्रिय दलित आयोगमार्फत गृह मन्त्रालयसमक्ष प्रत्येक बालकलाई जनही ५ लाख क्षतिपूर्ति माग गर्ने निर्णय पनि भएको छ । घटनाको अनुसन्धान र छानविन निष्पक्ष रुपमा गरेर दोषी भए कारबाही गर्ने, पक्राउ परेका गाडी धनी र चालकलाई अदलातमा नपु¥याइ प्रहरीले छोड्न नपाइने जस्ता सहमति भएका थिए ।
उक्त वार्तामा प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेल, जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्द, ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख शिवबहादुर सिंह, तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डे, राष्ट्रिय दलित अयोगका अध्यक्ष देवराज विश्वकर्मालगायतको सहभागिता रहेको थियो ।
चालक र गाडी धनि अदालतमा पेश गरिँदै कारधनी भनिएका तुलसीपुर ६ स्याउली बजार बस्ने ३३ वर्षीय यादवप्रसाद गैरे र सोही वडा बस्ने ५७ वर्षीय चालक पदमबहादुर बस्नेतलाई प्रहरीले बिहीबार नै अदालतमा उपस्थित गराउने तयारी गरेको छ ।