
म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाम निवासी ९६ वर्षीय वृद्धा कोरोनामुक्त भएकी छन्।गाउँपालिकाकै कोरोना अस्पतालमा उपचार गरी दग्मानको कान्छी गाउँकी इनरुपादेवी कोरोनाबाट मुक्त भएकी हुन्।
सात दिनअघि कोरोना सङ्क्रमणको कारण श्वासप्रश्वास, ज्वरोलगायतका समस्या देखिएपछि पुनलाई अस्पतालमा भर्ना गरिएको थियो।एक साताको उपचारपछि पुनको स्वास्थ्यमा सुधार आएको थियो।कोरोना सङ्क्रमण मुक्त भएपछि उनलाई घर पठाइएको गाउँपालिकाको कोभिड–१९ अस्पतालका डा सन्तोषप्रसाद बोहराले बताए।
अक्सिजन लगाएरै स्वास्थ्यकर्मीसहितको टोलीले अस्पतालमा उनलाइ लगिएको थियो ।अस्पताल पुर्याउँदा उनमा६६ प्रतिशत मात्रै अक्सिजनको मात्रा थियो, एक सातासम्मको उपचार गरेपछि अहिले उनको अक्सिजनको तह पनि ठीक छ, कोरोना परीक्षण गर्दा नेगेटिभ देखिएको छ।
अस्पतालसम्म ल्याइपुर्याउँदा मानिस चिन्नसमेत छाडिसकेकी आमाले सङ्क्रमण जितेर निको भएपछि पहिलेकै जस्तो सामान्य अवस्थामा फर्केको पुनका छोरा खिमबहादुर पुनले बताए।
अस्पतालको उपचारबाट खुसी भएका उनले भने,”शुरुमा आमाले मलाई समेत चिन्नुहुँदैन थियो, उपचार गर्दै जाँदा चिन्न थाल्ने हुनुभयो, डाक्टर र स्वास्थ्यकर्मीले निरन्तर जाँच र हेरचाह गरेकामा हामी हर्षित भएका छौँ’’,।