जिल्ला न्यायाधीशको कोरोनाबाट मृत्यु

झापाको मेचीनगर १०, लालपानी घर भएका जिल्ला अदालत धादिङमा कार्यरत न्यायाधीश देवेन्द्र पौडेलको निधन भएको छ । पौडेलको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

 

बिज्ञापन

उनको ललितपुरस्थित स्टार अस्पतालमा उपचारको क्रममा आज बिहान निधन भएको हो । कोरोनाबाट संक्रमित ५५ वर्षीय पौडेलको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । पौडेल विगत दुई वर्षदेखि धादिङमा कार्यरत रहेका थिए । पछिल्लो समय उनी काठमाडौँमा नै घर बनाएर बस्दै आएका थिए ।