लहानमा सवारी दुर्घटना: दुई महिला सहित ३ जनाको मृत्यु अन्य १५ जना घाइते

लहान । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सिरहाको लहान नगरपालिका–११, पडरिया चौकमा ट्रकले म्याजिक भ्यानलाई ठक्कर दिदाँ दुई महिलासहित ३ जनाको मृत्यु भएको छ भने १५ जना घाईते भएका छन् ।

 

 

सोमबार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.१ज ७४५४ नम्बरको म्याजिक भ्यान रोकेको अवस्थामा सोही दिशाबाट जाँदै गरेको ना.८ ख २४१५ नम्बरको ट्रकले अपरान्ह १.०० बजेतिर पछाडिबाट ठक्कर दिदाँ म्याजिकमा सबार सिरहाको पुरानो चोहर्वा निवासी ४० बर्षीय गणपति महरा, सिरहाकै बरियारपट्टी गाउँपालिकाका ७० बर्षीया बचियादेवी राम र नाम ठेगाा नखुलेको एक महिलाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।

 

 

दुर्घटनामा घाईते भएकाहरुको उपचार लहानस्थित रामकुमार उमाप्रसाद मुरारका स्मारक अस्पतल र सप्तऋषी अस्पतालमा भइरहेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक भेषराज भुसालले जानकारी दिनुभयो ।