
काठमाडौँ : गण्डकी प्रदेश सांसदबाट पदमुक्त गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापाले सर्वोच्चमा दायर गरेको रिटमाथि आज सुनुवाइ हुँदैछ । उनले आफ्नो सांसद पद खारेज गर्ने जनमोर्चाको निर्णय बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दिएका छन् । उक्त रिटको पेसी आजलाई तोकिएको छ ।




थापाले रिट निवेदनमा आफूलाई गैरकानुनी रूपमा कारबाही गरिएको भन्दै आफूलाई अवैधानिक रुपमा कारबाही गरिएको भन्दै सांसद पद यथावत राखिपाऊँ भनेका छन् । पार्टी निर्देशनविपरीत गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार जोगाउन लागेपछि उनलाई जनमोर्चाले कारबाही गरेको थियो ।

जनमोर्चा केन्द्रीय सदस्य समेत रहेका थापालाई पार्टी साधारण सदस्य समेत नरहने गरी १ वर्षका लागि निलम्बन गरिएको छ । उक्त निर्णय गत बिहीबार संसद सचिवालयलाई गराएको थियो । राजनीतिक दल सम्बन्धी ऐन २०७३ ले पार्टी साधारण सदस्य समेत नरहने गरी कारबाहीमा परेका सांसदको पद संसद सचिवालयमा सूचना आएपछि रिक्त रहने उल्लेख छ ।