कर्णाली प्रदेशसभा : बुधबारको बैठक पनि एमालेद्वारा अबरुद्ध

मंगलबार बैठक नै नबसेर सुचना टाँस गरी स्थगित गरिएको थियो । आजपनि एमाले  संसदीय दलका नेता यामलाल कँडेलले सुरुमै मुख्यमन्त्री महेन्द्रबहादुर शाही बैठकमा सहभागी नभएको भन्दै आक्रोश पोखे । प्रदेशसभाको बैठक सोमबार दिउँसो २ बजे र बेलुका ५ बजे बसेको थियो।

 

बिज्ञापन

पहिलो बैठकमा प्रारम्भमै एमाले कँडेलले फौजदारी अभियोग लागेका व्यक्तिलाई प्रदेश सरकारको मन्त्रीमा राखेकामा आक्रोश पाखेका थिए। दोषी करार व्यक्ति सभामा राख्ने स्थितिको अन्त्य र सुधार नगरेसम्म बैठक चल्न नदिने बताएका थिए।

 

सोही अनुसार आज पनि प्रतिपक्षले सदन चल्न नदिएपछि सभामुख राजबहादुर शाहीले आधा घण्टाका लागि बैठक स्थगित गरे ।