
काठमाडौं । सोलुखुम्बुको पत्तालेमा आज बिहान करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायवउपरीक्षक कवित कटुवालका अनुसार उनीहरू गाडीमा एउटा मेसिन बोकेर जाँदै गर्दा करेन्ट लागेको हो ।
उनीहरू सवार गाडीमा रहेको एउटा मेसिनले ३३ हजार भोल्टको तर छुँदा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरी प्रमुख कवित कटुवालका अनुसार मृतकहरूको पहिचान भइसकेको छ । उनका अनुसार स्याङ्जाका रामबहादुर परियार र बागलुङका भूमिराज मरासैनीको मृत्यु भएको हो । उक्त दुर्घटना आज बिहान ९ बजे भएको बताइएको छ ।