भोलिदेखि करिब दुई महिना मेलम्चीको पानी नआउने

काठमाडौं : असार १ गते (भोलि) बाट करिब दुई महिना मेलम्चीको पानी नआउने भएको छ । परीक्षणको लागि मेलम्चीको सुरुङ खाली गरिँदै छ । परीक्षणको क्रममा करिब १५ दिन सुरुङ खालि गर्न समय लाग्ने छ ।

त्यसपछि सुरुङमा प्राविधिक र इन्जिनियरहरुले समस्या भए नभएको हेर्ने छन् । त्यसको लागि करिब १५ दिन लाग्ने आयोजनाले जनाएको छ ।

बिज्ञापन

 

त्यसपछि कुनै ठूलो समस्या नदेखिएको खण्डमा सुरुङ भर्न करिब १५ दिन लाग्छ । सोही कारण करिब दुई महिना काठमाडौं उपत्यकामा मेलम्ची आउने छैन ।

सोही कारण करिब दुई महिना काठमाडौं उपत्यकामा प्रतिदिन उपलब्ध भइरहेको १७ करोड लिटर पानी उपलब्ध नहुने भएकोले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले खानेपानी वितरणको नयाँ तालिका सार्वजनिक गरेको छ ।

 

मेलम्चीको पानी नआउन्जेलसम्म हुने परिमाणको कमीलाई ध्यानमा राख्दै केयूकेएलले खानेपानी वितरण तालिकामा फेरबदल गरेको हो ।