मुगमा एक सुत्केरीको उपचार अभावमा ज्यान गयो, नवजात शिशुको बिचल्ली

मुगु । मुगमा एक सुत्केरीको उपचार अभावमा ज्यान गएको छ । जिल्लाको मुगु कार्मारोङ्ग गाँउपालिका–१ चिताई गाँउकी ३५ वर्षीया पासङ्ग फुटिक तामाङ्गको बच्चा जन्मिसकेपछि साल अड्किएर ज्यान गएको हो ।

बिज्ञापन

यसरी आमाको ज्यान गएपनि उनले जन्म दिएकी शिशु (छोरा) सकुशल नै छन् ।

३५ वर्षीया पासाङ्ग फुटिक तामाङ्गले असार १६ गते आफ्नै घरमा छोरालाई जन्म दिएकी थिइन् । बच्चा जन्मिसकेपछि पनि साल अड्किएको थियो भने अत्याधिक रक्तश्राव भएको थियो । त्यसपछि भोलिपल्ट असार १७ गते उपचारको अवाभमा उनको घरमै ज्यान गएको स्थानीयवासीले बताएका छन् ।

स्थानीयका अनुसार सुत्केरी व्यथा लागेपछि महिला स्वास्थ्य स्वंयम सेविकाहरुको सहयोगमा कठिनका साथ बच्चालाई जन्म दिएकी थिइन् ।

तर बच्च जन्मेको धेरै समयसम्म पनि साल अड्किएपछि धेरै रक्तश्राव भयो, जसको कारण आमाको ज्यान नै गएको छ । आमाको ज्यान गएपछि नवजात शिशुको विचल्ली भएको छ ।

मृतक सुत्केरी तामाङ्गकी अन्य तीन सन्तान पनि स–साना छन् ।

यो गाउँका लागि डोल्फु गाउँको स्वास्थ्य चौंकीको कार्य क्षेत्र भए पनि त्यहाँबाट कार्मारोङ्ग आइपुग्न एक दिन लाग्छ । साथै स्वास्थ्यकर्मी समेत नभएकाले तत्काल उपचार गराउन अन्यत्र लान नसकिएको स्थानीयबासीले बताएका छन ।

चिताई गाउँदेखि जिल्ला अस्पताल पुग्न दुई दिन लाग्छ । त्यसैले यस क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवा समस्या भइरहेको छ । एक नम्बर वडाध्यक्ष सोनामयाङ्गजु तामाङ्गले गाउँका सबैजसो यार्सा टिप्न पाटनमा गएकले गाउँमा बृद्ध–बृद्धा मात्रै रहेका रहेका छन् ।

साथमा मौसम समेत खराब भएकाले स्वास्थ्य संस्थामा लैजान नसकिएकाले उनको ज्यान गएको बताएकी छन् ।

। मुगमा एक सुत्केरीको उपचार अभावमा ज्यान गएको छ । जिल्लाको मुगु कार्मारोङ्ग गाँउपालिका–१ चिताई गाँउकी ३५ वर्षीया पासङ्ग फुटिक तामाङ्गको बच्चा जन्मिसकेपछि साल अड्किएर ज्यान गएको हो ।