चीनको यो शहरमा चालकरहित गाडीलाई दिइयो अनुमति

टोयोटा मोटरको सहयोग रहेको सेल्फ ड्राइभिङ टेक कम्पनी Pony.ai  ले चीनमा ट्याक्सीको लाइसेन्स पाएको जानकारी दिएको छ ।

लाइसेन्स प्राप्त गरेसँगै कम्पनीका केही चालकरहित वाहन अब भाडामा लिन सकिनेछ ।

बिज्ञापन

कम्पनीले देशमा यस्तो गर्ने आफूहरु पहिलो अटोनोमस ड्राइभिङ कम्पनी भएको दाबी गरेको छ ।

स्टार्टअप कम्पनीले बताए अनुसार उसले नान्साको गुआंगझु शहरमा १०० ड्राइभरलेस गाडी सञ्चालन गर्ने लाइसेन्स पाएको छ ।

कम्पनीको बयान अनुसार, यो मञ्जुरी नान्शाको सानो इलाकाका लागि पाइएको हो ।

कम्पनी ८०० वर्ष किलोमिटरको दायरमा चालकरहित गाडी चलाउन सक्छन् ।

यात्रीले Pony.ai को एपबाट राइड बुक र रकम भुक्तानी गर्न सक्छन् ।Pony.ai ले  अमेरिका र चीनमा आफ्नो चालकरहित प्रविधिलाई सार्वजनिक सडकमा परीक्षण गरिरहेको छ ।