जनप्रतिनिधि नै काठ तस्करीमा पक्राउ

केही दिनअघि कञ्चनपुरको वेदकोट नगरपालिका वडा नं- १० का वडा सदस्य डम्बर भट्टलाई अवैध काठसहित पक्राउ गरियो । आफ्नो घर नजिकै अवैध रूपमा खाल्डामा गाडिएको काठसहित वडा सदस्य भट्टलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले पक्राउ गरेको थियो । अहिले उनी हिरासतमा छन् ।

 

बिज्ञापन

तर घटनाबारे वेदकोट नगरपालिकाले अहिलेसम्म कुनै धारणा सार्वजनिक गरेको छैन ।

जिल्ला समन्वय समिति कञ्चनपुरले भने काठ तस्करीमा जनप्रतिनिधि पक्राउ गरिएको घटनाबारे जानकारी लिने भएको छ ।

समन्वय समितिका प्रमुख फैरु तामाङ्गले जनप्रतिनिधि तस्करीमा देखिनु दुुःखद् भएकाले घटनाको सत्यतथ्य बुझिने बताएका छन् । वडा सदस्य भट्टको घर नजिक गाडिएको अवस्थामा २१ दशमलव २२ क्युफिट काठ भेटिएको हो ।