
काठमाण्डौ । प्रदेश सांसद राजीव गुरुङ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गर्ने भएका छन् ।
मनाङको क्षेत्र नम्बर ‘ख’ बाट स्वतन्त्र उमेद्वार बनेका दीपक मनाङेका नामले चिनिने गुरुङले नेकपाकै समर्थनमा चुनाव जितेका थिए । गुरुङले बिहीबार पार्टी प्रवेश गर्ने कार्यक्रम रहेको छ ।
चुनाव जितेपछि ज्यान मार्ने उद्योगको आरोपमा पक्राउ परेका सांसद गुरुङ झण्डै नौ महिनापछि गएको माघ १४ गते शपथ ग्रहण गरी गण्डकी प्रदेशसभामा प्रवेश गरेका थिए ।