मेलम्चीमा उद्धार गर्न सुरक्षाफौज परिचालन

काठमाडौं । मेलम्चीमा आएको भीषण बाढीका कारण डुबानमा परेकाको उद्धारका सुरक्षा फौजको टोली घटनास्थल पुगेको छ ।
गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालकाअनुसार बुधबार उद्दारका लागि हेलिकोप्टरसहित नेपाली सेना, नेपाल प्रहरीको टोली घटनास्थल पुगेको छ ।

प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलका अनुसार चौतारा र काभ्रेको धुलिखेलबाट २५० जनाको नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी टोली मेलम्ची पुगेको छ ।
लगातारको वर्षासँगै आएको बाढीका कारण सिन्धुपाल्चोकको मेलम्ची बजार डुबानमा परेको छ ।

बिज्ञापन

केही घर भत्किएका छन् भने कम्तीमा पाँच पुल बगाएको छ । स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारिँदै छ ।
बाढी र पहिरोमा परी कम्तिमा सात जनाको जानकारी आए पनि आधिकारिक पुष्टि हुन बाँकी रहेको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले बताए ।