ओली सरकार गैरजिम्मेवारीपनको पारकाष्ठा : भीम रावल

काठमाडौँ : एमाले नेता भीम रावलले केपी शर्मा ओली नेतृत्वको सरकारलाई गैरजिम्मेवार भएको बताएका छन् । अति संवेदनशील भूराजनीतिक अवस्थितिमा रहेको नेपालले कूटनीतिक क्षेत्रमा उच्च क्षमता प्रदर्शन गर्नुपर्ने अवस्थामा सरकारले पूर्वमन्त्रीका हकमा राजदूत बन्न स्नताक अध्ययन पूरा गरेको हुनुनपर्ने भनी गरेको निर्णय गैरजिम्मेवारीपनको पारकाष्ठा भएको रावलको भनाइ छ ।

 

बिज्ञापन

उनले ट्वीटरमा लेखेका छन्, ‘अति संवेदनशील भूराजनीतिक अवस्थितिमा रहेको नेपालका लागि कूटनीतिक क्षमता सुदृढ हुनु अत्यावश्यक छ । तर मन्त्री पदको अवमूल्यन भइरहेको हालको स्थितिमा मन्त्री भइसकेकाले राजदूत हुन स्नातक हुननपर्ने भनी सरकारले गरेको निर्णयलाई सर्वोच्च अदालतले सच्याउनुपरेको छ ।

कति गैरजिम्मेवार सरकार !’

केही समयअघि सरकारले पूर्वमन्त्रीहरु राजदूत बन्दा स्नातक तह उत्तीर्ण हुनु नपर्ने निर्णय गरेको थियो ।