
ज्वाला सङ्ग्रौलासहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार महानगरीय प्रहरी वृत्त गौशालामा खुश्वु घिमिरेमाथि कुटपिट गरेको घटनामा अनुसन्धानका लागि सङ्ग्रौलासहितलाई पक्राउ गरिएको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेश बस्नेतले सङ्ग्रौलासहित उनको समूहका शर्मिला वाइवा र हिमालय उपाध्यायलाई पक्राउ गरिएको बताए।
उक्त कुटपिटको घट्नामा मुछिएका सुनिल खत्री र सुमन चित्रकारलाई पनि पक्राउ गरिएको बस्नेतले जानकारी दिए। सङ्ग्रौलाले यसअघि महाराजगञ्जमा प्रहरी सहायक निरीक्षक मणिकान्त झालाई पनि दुर्व्यवहार गरेको घटना बाहिरिएको थियो ।