
इन्डियन काउन्सिल फर मेडिकल रिसर्च (आईसीएमआर) ले र्यापिड टेस्टिङ किटमाथि प्रश्न उठेपछि दुई दिनका लागि परीक्षण रोक्न निर्देशन दिएको छ ।
द हिन्दूको रिपोर्टअनुसार टेस्टिङ किटबाट सही नतिजा नआएको उजुरी परेपछि सो किटमाथि रोक लगाइएको हो । सो उजुरीपछि आईसीएमआरले किटको जाँच गरिने र त्यसपछिमात्रै परीक्षणको अनुमति दिइने जनाएको छ ।
आईसीएमआरका प्रवक्ता डा.आरआर गंगाखेडकरलाई उदृत गर्दै द हिन्दूले परीक्षण किट गलत भएमा निर्माता कम्पनीलाई परिवर्तन गर्न निर्देशन दिइने उल्लेख गरेका छन् । मंगलबार राजस्थान सरकारले परीक्षण किटको विश्वसनीयतामाथि प्रश्न उठाएको थियो ।