१२ वर्षीया बालिकाले आत्महत्या गरिन्

गोरखा । गोर्खाकी १२ वर्षीया बालिकाले आत्महत्या गरेकी छन् ।

 

बिज्ञापन

आत्महत्या गरेकी बालिका होराइजन बोर्डिङस्कूलमा कक्षा पाँचमा अध्ययनरत शहीदलखन गाउँपालिका–७ मकैपुरकी प्रशान्ता श्रेष्ठ रहेकी छिन् । प्रहरीका अनुसार प्रशान्ताले बुधबार बिहान पासो लगाएर आत्महत्या गरेकी हुन् ।

 

प्रशान्ता आमा पानी भर्न धारामा गएका समयमा झुण्डेकी बताइएको छ । प्रशान्तालाई १० वर्षीया बहिनेले देखेपछि डोरी काटेकी थिइन् । तर उक्त समय प्रशान्तको भने मृत्यु भइसकेको स्थानीय बताउछन् ।

 

आत्महत्या भएको घटनास्थलमा जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी बुंकोटका प्रहरी पुगिसकेको बताइएको छ ।