
जङ्गलमा फिरन्ते जीवन बिताउने राउटे समुदायको संस्कृति र परम्परालाई जगेर्ना गर्न एकीकृत नीति ल्याउने तयारी गरिएको छ ।

राउटेको सामाजिकीकरणका लागि कर्णाली प्रदेश सरकारले नीति बनाउन लागेको हो ।
बिज्ञापन



राउटे समुदायमा भइरहेका पछिल्ला गतिविधिलाई मध्यनजर गर्दै सामाजिक विकास मन्त्रालयले नीति आवश्यक रहेको भन्दै नीति नै ल्याउने तयारी थालेको छ ।

सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढा क्षेत्रीले लोपोन्मुख राउटे समुदायको संरक्षण राज्यको दायित्व भएको बताए ।
राउटे समुदायको संस्कार र संस्कृतिमाथि बाह्य समुदायको हस्तक्षेप बढेकाले बस्ती प्रवेशमा निषेध, राहतको एकद्वार प्रणाली, सुरक्षाको प्रबन्ध, छाना नाना र छानाको व्यवस्थापन लगायतका विषयहरु नीतिभित्र समेटिने बताइएको छ ।
जङ्गलमा फिरन्ते जीवन बिताउने यो समुदाय अहिले सुर्खेतको गुर्भाकोट नगरपालिकामा बसोबास गरिरहेको छ ।