दलित युवतीलाई कोठा नदिएको आरोपमा पक्राउ प्रधान रिहा

काठमाडौं : एक दलित युवतीलाई आफ्नो घरको कोठा भाडामा नदिएको आरोपमा पक्राउ परेकी घरधनी सरस्वती प्रधान रिहा भएकी छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमख एसएसपी अशोक सिंहका अनुसार सरकारी वकिलको आदेशमा हाजिरी जमानीमा छोडिएको छ ।

 

बिज्ञापन

‘थप अनुसन्धानका लागि मिसिल सिंहदरबार वृत्तमा पठाइएको छ,’ उनले भने । प्रधान तीन दिनअघि पक्राउ परेकी थिइन् । मिसिल संलग्न कागजात प्रमाणका आधारमा मुद्दा चल्ने अवस्था नरहेको र थप अनुसन्धान आवश्यक रहेको भन्दै सरकारी वकिलले प्रधानलाई रिहा गरेको हो ।