आज उकालो लाग्यो सुनको भाउ

साताको पहिलो दिन आइतवार सुनको मूल्य सामान्य बढेकाे छ । आइतवार सुनको मूल्य शुक्रवारको तुलनामा २०० रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार छापावाला सुन प्रतितोला ९० हजार ७०० मा कारोबार भएको छ ।

शुक्रवार छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ५०० मा कारोबार भएको थियो । शुक्रवारको तुलनामा आइतवार छापावाला सुन प्रतितोला २०० ले बढेको हो ।

बिज्ञापन

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९० हजार २०० मा कारोबार भएको छ । शुक्रवार तेजाबी सुन प्रतितोला ९० हजारमा कारोबार भएको थियो ।शुक्रवार प्रतितोला १ हजार ३०० मा कारोबार भएको चाँदी आइतवार  १ हजार ३०५ मा किनबेच भइरहेको छ ।