आइतबारबाट वैदेशिक रोजगार विभागमा सेवा नियमित

काठमाडौँ : वैदेशिक रोजगार विभाग अन्तर्गतको ताहाचलमा रहको श्रम कार्यालयले आगामी आइतबार (असार २०) देखि नियमित सेवा दिने भएको छ ।

कोरोनाको कारण बन्द रहेको कार्यालयले एक सूचना जारी गर्दै आगामी आइतबारदेखि सार्वजनिक बिदाका दिनबाहेक अन्य दिन नियमित सेवा दिने बताएको हो ।

बायोमेट्रिक नभएका र स्वयं उपस्थित हुनै पर्ने व्यक्तिमात्र कार्यालयमा उपस्थित भई सेवा लिनसमेत विभागले अनरोध गरेको छ ।

कोरोनाको संक्रमण जोखिम कायम रहेको भन्दै अनलाइनबाट लिने सकिने काम अनलाइन प्रणालीबाट लिन आग्रह गरिएको हो ।