पछिल्लो २४ घण्टामा ३ हजार ६६ जना निको  २ हजार ३२८ जना  संक्रमित

नेपालमा आज २ हजार ३२८ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट ८०१ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या २७ हजार ७१६ रहेको छ।

पछिल्लो २४ घण्टामा ३ हजार ६६ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६ लाख ६ हजार ६६६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

आज १९ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ९ हजार १९८ पुगेको छ ।

हालसम्म नेपालमा ३३ लाख ६३ हजार ६६६ जनाको पिसिआर र २ लाख ९९२ जनाको एन्टीजेन परीक्षण गरिएको छ।