
डिभिजन सडक कार्यालय र जिल्ला प्रशासन कार्यालय तनहुँको सहयोगमा पहिराले अवरुद्ध डुम्रे–बन्दीपुर सडकखण्ड आंशिकरूपमा सञ्चालनमा आएको छ ।

पृथ्वी राजमार्गको डुम्रेबाट सात किमिको दूरीमा रहेको बन्दीपुर जाने सडकमा ठाउँ–ठाउँमा पहिरो झरेर चारदिन देखि अवरुद्ध भएको थियो ।
बिज्ञापन



यसैबीच गाउँपालिकाले बन्दीपुर–२ का ७९ पहिरो पीडितलाई शनिबार त्रिपाल र चामल गरि राहत वितरण सुरु गरेका छन्।
