
आज नेपाल राष्ट्र बैंकले पुनः ९ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । दिउँसो ३ बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।
जारी मिति असार २२ गते तोकिएको ट्रेजरी खरिदका लागि बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुले भाग लिन पाउनेछन् । बिक्री गरिने कुल ट्रेजरी मध्येमा ९१ दिने अवधिको ९ अर्ब १० करोड रुपैयाँ रहेको छ ।
सो मध्ये १० करोड रुपैयाँ बराबरको ट्रेजरी पुरानो नविकरण अन्तर्गतको र बाँकी ९ अर्ब रुपैयाँको नयाँ रहेको छ ।
उक्त ट्रेजरी परिपक्व हुने अवधि भने २०७८ असोज १९ गते तोकिएको छ ।
यसअघि यही असार १४ गते पनि राष्ट्र बैंकले ९१ दिने अवधिको ११ अर्ब १० करोड र १ सय ८२ दिने अवधिको १० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिक्री गरेको थियो ।