
कोरोना भाइरस विरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाएकालाई आजबाट दोस्रो मात्रा खोप लगाइने भएको छ ।

देशभर जेठ २५ गतेदेखि २९ गतेसम्म ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई चिनियाँ भेरोसेल खोपको पहिलो डोज लगाइएको थियो ।
बिज्ञापन



स्वास्थ्य सेवा विभागले एक सूचना जारी गर्दै पहिलो मात्रा लगाएका तीन लाख ७० हजार नागरिकलाई असार २२ गतेबाट दोस्रो मात्रा खोप लगाइने तय भएको जनाएको छ ।
