१४ लाख नगदसहित कपनबाट २९ जना जुवाडे पक्राउ

काठमाडौँ : काठमाडौंको कपन स्थित सिमलटारमा रहेको जुवा खालमा प्रहरीले छापा मारेर २९ जना जुवाडेलाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले १० महिला सहित २९ जना जुवाडेहरुलाई पक्राउ गरेको हो ।

बिज्ञापन

जुवा खालबाट १४ लाख नगद बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले बताए ।

जुवा खालबाट ३३ थान कौडा र तास बरामद गरिएको छ । उनीहरुलाई महानगरीय प्रहरी वृत बौद्धमा राखिएको छ ।