नेपाली दर्शकले नेपालको खेल हेर्न पाउलान् ?

कुवेतमा रहेका नेपाली दर्शकलाई एएफसी एसियन कप २०२३ छनोटका लागि कुवेतमा रहेको नेपाली टिमको अभ्यास सत्रमा प्रवेश दिइने भएको छ । नेपालका लागि कुवेती प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अहमादीस्थित अल शवाव स्टेडियममा हुने अभ्यासमा नेपाली दर्शकलाई आफ्नो देशको अभ्यास सत्र हेर्न दिने बताएका हुन् ।

कुवेतमा रहेका नेपाली दर्शकलाई अभ्यासमा प्रवेश दिनेछौँ । नेपाली दर्शकको उपस्थितिले खेलाडीमा हौसला वृद्धि हुनेछ, अब्दुल्लाहले भने । नेपाली टिमले सोमबार साँझ ७ बजे अहमादीमै अभ्यास गर्नेछ । कतारको दोहामा केही दिनको अभ्यास र मैत्रीपूर्ण खेलपछि नेपाली टिम हिजो (शनिबार) कुवेत राजधानी कुवेत सिटीमा आइपुगेको छ ।  हाल टोलीमा २३ खेलाडीसहित नौ अधिकारी छन् । नेपालले कुवेतमा २५ जेठमा जोर्डन, २८ जेठमा घरेलु टोली कुवेत र ३१ जेठमा इन्डोनेसियासँग खेल्नेछ ।

बिज्ञापन