
लहान । सिरहामा पोखरीमा डुबेर दुई दिदीबहिनीको मृत्यु भएको छ ।
लक्ष्मीपुर गाउँपालिका–४ स्थित साझा पोखरीमा डुबेर स्थानीय नथु कुमार यादवका छ वर्षीया छोरी लक्ष्मीकुमारी यादव र चार वर्षीया आशुकाकुमारी यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।
खेल्ने क्रममा शुक्रबार साँझ पोखरीमा डुबेर दुबै दिदीबहिनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयजनाएको छ ।