न्यायाधीश फुयाँलले अग्नि सापकोटाविरुद्धको मुद्दा हेर्न मानेनन्

काठमाडौं,
सर्वोच्च अदालतका न्यायाधीश हरि फुँयालले नेकपा नेता अग्नि सापकोटाविरुद्ध दायर भएको रिटमा न्यायाधीशा हैसियतमा आफुले आदेश जारी नगर्ने भएका छन् ।

 

बिज्ञापन

अधिवक्ता दिनेश त्रिपाठीले सापकोटालाई सभामुखमा निर्वाचित गर्न रोक्न माग गर्दै दायर गरेको रिट फुँयालको इजलासमा सुनुवाईका लागि पेश भएको थियो ।

 

फुँयालले यसअघि आफुले यो विषयमा परेको एउटा अवहेलना मुद्धामा सापकोटाको विपक्षमा बहस गरेको भन्दै हेर्न नमिल्ने सूचिमा राखेका छन् ।

 

फुँयालले हेर्न नमिल्ने बताएलगत्तै सापकोटाविरुद्ध दायर यो रिटको सुनुवाई आजका लागि टरेको छ । सापकोटा आजै सभामुखमा निर्वाचित हुँदै छन् ।

 

फुँयालले तत्कालीन कानुनव्यवसायीका हैसियतमा काभ्रेका अर्जुन लामा हत्या प्रकरणमा जोडिएका सापकोटामाथि कारवाही नभएको भन्दै अधिकारकर्मी सुशील प्याकुरेलले दायर गरेको मुद्धामा निवेदकको पक्षमा बहस गरेका थिए ।

 

अग्नि सापकोटाविरुद्धको रिट अग्निकै विपक्षमा बहस गरेका न्यायाधीशको इजलासमा
वरिष्ठ अधिवक्ता युवराज संग्रौलाले भने सो मुद्धामा महान्यायाधिवक्ताका हैसियतमा सापकोटाको पक्षमा बहस गरेका थिए ।

 

शुसील प्याकुरेलले तत्कालीन प्रधानमन्त्री झलनाथ खनालसमेतलाई विपक्षी बनाएर दायर गरेको सो रिटमा इजलासले हरेक १५ दिनमा हत्या अनुसन्धानको प्रतिवेदन महान्यायधिवक्ता कार्यालयमार्फत अदालतमा पेश गर्न भनेको थियो । सो आदेश हालसम्म कार्यान्वयन भएको छैन छैन ।