ट्रकको ठक्करबाट स्कुटरमा सवार युवतीको मृत्यु

चितवन । ट्रकले स्कुटरलाई ठक्कर दिँदा भरतपुरमा स्कुटरमा पछाडि सवार एक युवतीको मृत्यु भएको छ । स्कुटर चालक घाइते छन् ।

गैडाकोटबाट नारायणगढ जाँदै गरेको ना.५ ख ५८१६ नम्बरको ट्रकले सोही दिशामा जाँदै गरेको ना. ५९ प ३५०४ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

बिज्ञापन

स्कुटरमा पछाडि सवार भरतपुर-१५ मंगलपुरका ३० वर्षीया विष्णु दवाडीको उपचारका क्रममा चितवन मेडिकल कलेजमा दिउँसो २ बजे मृत्यु भएको हो ।

स्कुटर चालक मंगलपुरका २२ वर्षीया जस्मिन न्यौपानेको अवस्था भने मध्यम रहेको चितवन प्रहरी प्रवक्ता डीएसपी सूर्यबहादुर थापाले बताए । ट्रक र चालक प्रहरी नियन्त्रणमा छन् ।