जापानबाट थप २ लाख डोज खोप आयो

काठमाडौं । जापानले उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको खोपका दुई लाखभन्दा बढी डोज शनिबार काठमाडौं आएको छ ।

जापान सरकारबाट सहयोग भएको अस्ट्रोजेनका कम्पनीका २ लाख ८ हजार ७ सय डोज खोप शनिबार काठमाडौं आएको हो । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले जापान सरकारबाट प्राप्त हुने १६ लाख १४ हजार ७ सय ४० डोज खोपमध्ये शनिबार २ लाख ८ हजार ७ सय डोज ल्याइएको जानकारी दिए ।

बाँकी खोप आइतबार र सोमबार ल्याइने जानकारी पनि उनले दिए । यसअघि साउन २३ र २४ गते गरी ९ लाख डोज खोप जापानबाट नेपाल आएको थियो ।