३०० रुपैयाँले बढ्यो सुनको मूल्य

मंगलबार नेपाली बजारमा सुनको मूल्य ३०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३०० रुपैयाँले बढेर ९२ हजार ७०० रुपैयाँ पुगेको हो ।
यस दिन तेजाबी सुन समेत गत मंगलबारको तुलनामा प्रतितोला ३०० रुपैयाँले नै बढेर ९२ हजार २०० रुपैयाँ कायम भएको छ ।
यता चाँदीको मूल्य भने गत सोमबारको मूल्यमा प्रतितोला ५ रुपैयाँले घटेर बुधबार एक हजार ३१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।