राजसंस्था पुनर्स्थापनको सम्भावना अन्त्य : थापा

बुटवल । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्था पुनर्स्थापनको सम्भावना अन्त्य भएकोले आफ्नो दलले राजतन्त्रको एजेन्डा छोडेको बताएका छन् ।

उनले अब आफ्नो दलको एजेन्डा हिन्दु राष्ट्र पुनःस्थापन, सम्बर्धनवाद र लोकतन्त्र भएको बताए । पार्टीले शनिबार बुटवलमा बयोजना गरेको पत्रकार सम्मेलनमा थापाले राजतन्त्र र गणतन्त्रको विवाद सधैंका लागि अन्त्य भएको दाबी गरेका छन् ।

बिज्ञापन

थापाले आसन्न स्थानीय तह निर्वाचनमा पार्टीले धेरै अपेक्षा नगरेको र खुट्टा टेक्ने ठाउँसम्म बनाउन खोजेको बताए । कांग्रेस नेतृत्वमा पाँच दलको गठबन्धन बनेको हुँदा एक्लै चुनाव लड्ने अवस्था नभएकोले एमालेसँग तालमेल गर्नुपरेको थापाले बताए ।

राजेन्द्र लिङदेन नेतृत्वको राप्रपासँग आफ्नो दलको गुनासो र दुश्मनी नभएको बताएका थापाले त्यो पार्टीको अहिलेको तामझाम धनी बाउले कमाएको सम्पत्तिमा छोराछोरी रमाएको जस्तो मात्रै भएको टिप्पनी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्