त्रिचन्द्र कलेजको भवन पुनर्निर्माण गर्न ४८ करोड स्रोत सुनिश्चित

काठमाडौं । त्रिचन्द्र कलेजको भवन पुनर्निर्माणका लागि स्रोत सुनिश्चित भएको छ।

अर्थ मन्त्रालयले क्याम्पसको भवन निर्माणका लागि ४८ करोड २० लाखको सीमाभित्र रही भवन निर्माणको खरिद प्रक्रिया अगाडी बढाउन स्रोत सुनिश्रत गरेको हो ।

बिज्ञापन

शहरी विकास मन्त्रालयले भवन निर्माणका लागि ४८ करोड २० लाख ६१ हजार ६ सय २९ वरावरको लागतको बहुवर्षिय आयोजनाको रुपमा कार्यान्वयन अगाडि बढाउन स्रोत सुनिश्चतताको लागि अर्थ मन्त्रालयलाई आग्रह गरेको थियो ।

अर्थ मन्त्रालयको असार २९ गतेको पत्रमार्फत प्रचलित ऐन, नियम कानूनको परिधि भित्र रही शहरी मन्त्रालयको बार्षिक बजेट सिलिङ्ग भित्रबाटै व्यवस्थापन गर्ने गरी ४८ करोड २० लाखको सीमा भित्र रही भवन निर्माणको खरिद प्रक्रिया अगाडी बढाउन स्रोत सुनिश्रतता उपलब्ध गराइने निर्णय भएको इन्जिनियर एलिशा सिवाकोटी जानकारी दिइन् ।

भवन जीर्ण भइसकेको भन्दै पुनर्निर्माण गर्न नेविसंघले आन्दोलन गरिरहेको थियो।