
काठमाडौँ : पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई हृदयाघात भएको छ ।

मेयर जिसीलाई शुक्रबार बिहान करिब ४ बजेको समयमा हृदयाघात भएको हो ।
बिज्ञापन



अहिले पोखराकै मणिपाल अस्पतालमा मेयर जिसीको उपचार भइरहेको उनका प्रेस संयोजक माधव बरालले जानकारी दिए ।

मेयर जिसीको अवस्था अहिले सुधारोन्मुख भएपनि शरीरको दायाँ भागमा समस्या देखिएकाले थप उपचारका लागि काठमाडौं ल्याउने तयारी गरिएको बरालले जानकारी दिए ।